
प्रारम्भिक टोली घोषणा गर्दा दक्षिण अफ्रिकाको टिममा नपरेका फास्ट अलराउण्डर क्रिस मोरिस इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आइसीसी ओडिआई विश्वकपमा लागि दक्षिण अफ्रिकी टिममा बोलाइएका छन्।
मोरिसले फास्ट बलर एनरिच नोर्तेयको सट्टा टिममा स्थान बनाएका हुन्। एनरिच घाइते भएका कारण टिमबाट बाहिरिएपछि मोरिसले विश्वकप खेल्ने टोलीमा अवसर पाएका हुन्।
नेटमा प्राक्टिसका क्रममा एनरिचको दायाँ बुढि औलो फ्याक्चर भएका उनले उनले विश्वकप गुमाउने भएको दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ। उनी फिट हुन ६ देखि ८ हप्ता लाग्ने भएको छ।
मोरिस हाल इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन्। मोरिसले दक्षिण अफ्रिकाका लागि पछिल्लो पटक सन् २०१८ फेब्रुअरीमा ओडिआई क्रिकेट खेलेका थिए।
आइपीएलमा मोरिससँगै खेलेका सहकर्मी कगिसो रबाडा भने चोटका कारण दक्षिण अफ्रिका फर्किसकेका छन् र उनले आइपीएलको बाँकी खेल गुमाउने भएका छन्।
मोरिसबाहेक विश्वकप खेल्ने दक्षिण अफ्रिकी टिममा परेका कप्तान फाप डु प्लेसिससहित क्वेन्टेन डेक र इमरान ताहिर पनि आइपीएल खेलिरहेका छन्। डु प्लेसिस र ताहिर चेन्नाई सुपर किंग्स तथा डे कक मुम्बई इन्डियन्सबाट खेलिरहेका छन्।
दक्षिण अफ्रिकाको अपडेटेट टोली:
फाप डु प्लेसिस (कप्तान, जे पी डुमिनी, डेविड मिल्लर, डेल स्टेन, एन्डिल फेहलुकवायो, इमरान ताहिर, कगिसो रबाडा, ड्वाइने प्रेटोरिउस, क्वेन्टन डे कक विकेटकिपर, क्रिस मोरिस, लुंगी एनगिदी, आइडेन मार्क्रम, रासीए भान डेर डुसेन, हासिम अमला, ताब्रेज शाम्सी