
युरोपियन च्याम्पियन्स लिगको इतिहासमै शानदार कमब्याक गर्ने क्रममा लिभरपुलले बार्सिलोनालाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको छ।
पहिलो लेगमा ३-० ले पराजित भएको लिभरपुलले दोस्रो लेगमा बार्सिलोनालाई ४-० ले पराजित गर्दै समग्रमा ४-३ को जित हात पारेको हो। घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि डिभोक ओरिगी र वैकल्पिक खेलाडि जर्जियानो विज्नाल्डले २-२ गोल गरे।
पहिलो लेगबाट ३-० को अग्रता लिगको बार्सिलोनाले लिभरपुलको मैदानमा भने सोहि अनुरुपको प्रदर्शन गर्न सकेन।
खेलको सुरुवात देखि नै लिभरपुलले बार्सिलोनामाथि दबाब बनाएको थियो। सातौँ मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
पहिलो हाफमा घरेलु टोलीले १-० को अग्रता कायमै राख्यो। दोस्रो हाफको लिभरपुलले ३ गोल थप्यो।
४६औँ मिनेट रोवर्टसनको स्थानमा मैदान प्रवेश गरेका विज्नाल्डमले ५४औँ र ५६औँ मिनेटमा गोल गरेपछि लिभरपुलले ३-० को अग्रता बनायो। र बासिलोनासँग गोल बराबरी गर्यो।
त्यसपछि उत्सहित बनेको लिभरपुलका लागि ७९औँ मिनेटमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै समग्रमा ४-३ को अग्रता दिलाए। यस्तो अवस्थामा बार्सिलोनाले एक गोल फर्काएको भए अवे गोलमा विजयी हुने थियो। तर बार्सिलोनाले लिभरपुलको डिफेण्स तोड्न सकेन र स्तब्ध हुँदै बाहिरियो।
गत सिजन पनि बार्सिलोनाले रोमा विरुद्ध पहिलो लेगमा घरेलु मैदानमा ४-१ को जित हात पारेपनि दोस्रो लेगमा रोमाको मैदानमा ३-० को हार बेहोर्दै बाहिरिएको थियो। संयोगवस दुवै पटक विपक्षीको पोष्ट ब्राजिलियन गोलकिपर एलिसिन बेकरले सम्हालेका थिए।
अब लिभरपुलले उपाधिका लागि टोटनहम हट्सपर र अयाक्सबीचको विजेतासँग खेल्नेछ। पहिलो लेग अयाक्सले १-० ले जितेको छ। दोस्रो लेग अयाक्सको मैंदानमा हुँदैछ।