PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

इन्डियन वुमन्स लिग फुटबल: सेथुको दोस्रो जितमा नेपाली खेलाडी सावित्रा र अनिताको गोल



पहिलोपोस्ट

इन्डियन वुमन्स लिग फुटबल: सेथुको दोस्रो जितमा नेपाली खेलाडी सावित्रा र अनिताको गोल

काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स लिग फुटबलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन कायम राखेका छन्।

सेथु एफसीलाई लगातार दोस्रो जित दिलाउने क्रममा नेपाली खेलाडीद्वय सवित्रा भण्डारी र अनिता बसन्तेले गोल गरिन्।

लिग अन्तर्गत बुधवार भंएको खेलमा नेपाली खेलाडी सम्मिलित सेथुले बैंगलोर युनाइटेड एफसीलाई ३-० ले पराजित गरेको हो।

सेथुका लागि अघिल्लो खेलमा चार गोल गरेकी सावित्राले खेलको ११औँ मिनेटमा गोल गर्द अग्रता दिलाइन्।

भारतीय खेलाडी सन्धियाले ४०औँ मिनेटमा गोल गर्दें अग्रता दोब्बर पारिन्। दोस्रो खेलमा सावित्राकै स्थानमा मैदान प्रवेश गरेकी अनिताले ७४औँ मिनेटमा गोल गर्दै सेथुलाई ३-० को अग्रता दिलाइन्।

पहिलो खेलमा सेथुले मणिपुर पुलिसलाई ६-४ ले पराजित गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell