PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

आइपीएल : क्वालिफायर पुग्न प्रतिस्पर्धा गर्दै दिल्ली र हैदरावाद, सन्दीप टिममा पर्लान?



पहिलोपोस्ट

आइपीएल : क्वालिफायर पुग्न प्रतिस्पर्धा गर्दै दिल्ली र हैदरावाद, सन्दीप टिममा पर्लान?

दिल्ली फ्रेन्चाइजले ७ वर्षपछि इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो पटक प्लेअफमा खेल्दैछ। सन् २०१२ मा पछिल्लो पटक प्लेअफ खेलेको दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यसअघि दिल्ली डेयरडेभिल्सको नाममा खेल्दै आएको दिल्ली फाइनलसम्म पनि पुग्न सकेको छैन।

नाम परिवर्तन गर्दै दिल्ली क्यापिटल्स बनाएको यस टिमले 'न्यु दिल्ली' नारा बनाउदै खेलिरहेको छ। यस पटक लिग चरणमा मिश्रित प्रदर्शन गरेको दिल्लीले तेस्रो स्थानमा रहेर लिग सकाएको थियो।

समान अंक भएपनि चेन्नाई र मुम्बईसँग रनरेटमा पछि परेपछि दिल्लीले फाइनल पुग्न दुई खेल खेल्नुपर्नेछ। त्यसका लागि आज हुने एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादसँग दिल्लीले खेल्दैछ। यस खेलको विजेताले शुक्रवार हुने दोस्रो क्वालिफायरमा चेन्नाईसँग फाइनल प्रवेशका लागि खेल्नेछ।

दिल्ली र हैदरावादबीचको खेल भिसाकापटानाममा नेपाली समयअनुसार ७:४५ मा सुरु हुनेछ।

लिग चरणमा दिल्लीले शीर्ष दुई स्थानमा रहेका मुम्बई र चेन्नाई समान सर्वाधिक ९ खेल जितेको थियो। तर रनरेट राम्रो नहा सिधै क्वालिफायर खेल्न भने पाएन।

सन् २०१२ मा दिल्लीले लिग चरणमा सर्वाधिक ११ खेल जितेर शीर्ष स्थान हात पारेको थियो। तर पहिलो क्वालिफायरमा कोलकता नाइट राइडर्स र दोस्रो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग पराजित भएपछि तेस्रो भएको थियो।

त्यो नै दिल्लीको अहिलेसम्मको उत्कृष्ट नतिजा हो। सन् २००८ मा पहिलो सिजनमै लिग चरणमा चौथो भएर सेमिफाइनल पुगेको दिल्ली राजस्थान रोएल्ससँग पराजित भएको थियो। यस्तै २००९ मा लिगमा पहिलो भएर सेमिफाइनल खेलेको दिल्ली डेक्कन चार्जर्ससँग पराजित भयो। दिल्लीलाई हराउने दुवै टिम पछि च्याम्पियन बनेको थियो।

दिल्लीबाट नेपाली खेलाडी सन्दीप लामिछानेले पनि खेलिरहरेका छन्। गत सिजन दिल्ली डेयरडेभिल्सका लागि आइपीएल खेलेपछि विश्वभर टी २० लिग खेलेका सन्दीपले यस सिजन भने लिग चरणमा १४ मध्ये ६ खेल मात्र खेल्न पाए।

उनले ६ खेलमा ८ विकेट लिएका छन्।

सन्दीपले रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध र किंग्स एलेभेन पञ्जाव विरुद्ध २-२ खेल खेलेका थिए। यस्तै सनराइजर्स हैदरावाद विरुद्ध पनि समूह चरणम खेलेका थिए। उनले यस सिजन पहिलो खेल कोलकता विरुद्ध खेलेका थिए।

बाँकी ८ खेलमा भने सन्दीप बेन्चमै बसे।

यस सिजन लिग चरणमा दिल्ली र हैदरावादले एक-आपसमा खेलेको दुई मध्ये एक-एक खेल जितेका थिए। दिल्लीको मैदानमा भएको खेल हैदरावादले ५ विकेटले जितेको थियो। यस्तै दिल्लीले तयसको बदला लिँदै हैदरावादलाई उसैको मैदामा ३९ रनले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell