PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकता नहुँदै ‘समाजवादी पार्टीमा कलह’ : नयाँ शक्तिका नेताहरु बाहिरिँदै!



बीपी साह

एकता नहुँदै ‘समाजवादी पार्टीमा कलह’ : नयाँ शक्तिका नेताहरु बाहिरिँदै!

काठमाडौं : हालै घोषणा भएको समाजवादी पार्टी नेपालभित्र एकतासँगै कलह सुरु भएको छ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच हालै एकीकरण घोषणा भएको थियो। उक्त एकीकरणबाट दुवै पक्षका नेतामा रहेको असन्तुष्टि प्रकट हुन थालिसकेको छ।

त्यसको असर हो, बाबुराम भट्टराई पक्षका नेताहरुले आज छुटै भेला गरेका छन्।

ललितपुरमा जारी भेलाबाट नयाँ शक्ति पक्षका नेताहरुले बैकल्पिक राजनीतिक संगठन बनाउने विषयमा छलफल गर्दैछन्।

बैठकको नेतृत्व पूर्वमन्त्री कल्पना धमलाले गर्दैछिन्।

बैठक जारी रहेका बेला नेतृ धमलाले पहिलोपोस्टसँग भनिन्, ‘पार्टी एकताको विषयमा हाम्रो विमति छ। हामीले बृहत राष्ट्रिय एकता बनाएर जाने भनेका थियौं। तर, यहाँ त्यस्तो भएन।’

सांगठनिक संरचनामा पनि आफूहरुको असन्तुष्टि रहेको बताउँदै धमलाले भनिन्, ‘सांगठनिक र वैचारिक कुरामा पनि हाम्रो असन्तुष्टि छ। अब के गर्ने भन्ने विषयमा छलफल जारी छ।’

बैठकमा सहभागी नेताहरुका अनुसार डाक्टर भट्टराईले आफ्नो विचार त्यागेकाले बेग्लै बैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको हो।

उपेन्द्र यादवसँग मिलेर भट्टराईले आत्मसमर्पण गरेको आरोप उनीहरुको छ।

स्रोतका अनुसार उक्त बैठकमा धमलासहित देबेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, सोनाम सिंह, नारायण तिवारीलगायतका छन्।

यता फोरमकी सांसद सरिता गिरीले पनि समाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गर्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell