PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

आर्यन अधिकारी र नीता ढुङ्गानाको हिन्दी फिल्म, भन्छिन् 'संवादमा गाह्रो भयो'



पहिलोपोस्ट

आर्यन अधिकारी र नीता ढुङ्गानाको हिन्दी फिल्म, भन्छिन् 'संवादमा गाह्रो भयो'

काठमाडौैं: अधिकांश नेपाली कलाकारको सपना बन्दै आएको छ बलिउड। त्यसैको प्रभाव हुनुपर्छ, नेपाली कलाकारहरु आज पनि मुम्बईमा संघर्षरत छन्।  

तर, बलिउडमा काम गर्न अब मुम्बई नै जानुपर्ने देखिन्न। नेपाली इन्डस्ट्रीलाई जी टिभी नेटवर्कसँग जोडेर सहकार्य गर्न बलिउडमा नाम चलेको जी कम्पनीले पछिल्लो समय नेपाली कलाकारसँग काम गर्दै आएको छ।

नेपालका कलाकारलाई लिएर यतै छायाँकन गरेका अधिकांश जीले निर्माण गरेको हिन्दी गीतको म्यूजिक भिडियोहरु सार्वजनिक भएका छन्। यसअघि जी कम्पनीले निर्देशन गरेको 'कुछ तो हे' सार्वजनिक भएको थियो।

जी कम्पनीले हालै नेपाली कलाकार अभिनित नयाँ गीत सार्वजनिक गरेको छ। 'तुझे क्यूं ना कुरूं मे प्यार'बोलको गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी र नीता ढुङ्गाना फिचर्ड छन्।

यो हिन्दी फिल्म 'कड्के कमाल के'को गीत हो। भिडियोमा आर्यन र नीता हिन्दी लवजमा लिप्सिङ गर्दै स्क्रिन रोमान्स गरेको देख्न सकिन्छ।

नेपाली कलकारलाई लिएर १ वर्षअघि नै बनेको यो फिल्मको गीत अहिले नेपाली दर्शकमा चासोको विषय बनेको छ। तास एम, सोहिनी मिश्र र एसिका सिक्कको स्वर रहेको गीतमा निर्देशक लक्ष्मण सिंहको शब्द समावेश छन्।

फिल्ममा भने आर्यन र नीतासँगै राजपाल यादव, एन्जल श्रेष्ठको अभिनय छ। बलिउडको टिमसँग काम गर्दा रमाइलो अनुभव बटुलेको फिल्मकी मुख्य अभिनेत्री नीताले बताइन्। फिल्मका लागि इन्डियन लुकको अभिनेत्री खोजी हुँदा टिमले आफूलाई अनुबन्धित गरेको उनले सम्झिन्।

उनले आफ्नो अनुभव सुनाइन् 'संवादमा केहि गाह्रो पनि भयो। बिस्तारै सजिलो हुँदै गयो, सुनिराख्ने भाषा हो नि त।'

फिल्मलाई नेपाल र भारतमा छायाँकन गरिएको हो। फिल्म जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell