PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

हरेक पटक पहिलो पटक फूले झै लाग्ने यो फूल

हरेक पटक पहिलो पटक फूले झै लाग्ने यो फूल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


हरेक वर्ष फूल्ने यो फूलले कसलाई आकर्षित नगर्ला। संसारभर फैलिएको यो फूलको नाम ज्याकारान्डा मिमोसिफोलिया।

प्याजी रङमा काठमाडौंका सडक किनारामा यो फूलले बेग्लै रौनक ल्याउँछ। खुलेको आकाश अनि फूलेको फूल, सुन्दरतामा जो सुकै पनि रमाउँछ।  त्यसैले पनि हो, हरेक सिजनमा ज्याकारान्डाका तस्बिर मिडियाभरी छाउँछ।

हरेक वर्ष उस्तैगरी फूले पनि पहिलो पटक झै मिडियामा यसका दृश्यहरु देखिनु कसैकसैलाई अनौठो पनि लाग्ला। तर, सत्य त्यही हो - जब यो फूल्छ पहिलो पटक झै लाग्छ किनकि अघिल्लो वर्ष फूलेको फूल त स्मृतिमा मात्र हुन्छ। यसपाली पनि नयाँ झै अनुभूति गराउने गरी काठमाडौंका सडक किनारामा ज्याकारान्डा फूलेको छ। कसलाई मन नपर्ला त यस्तो सुन्दरता?



ट्रेन्डिङ पोस्ट

Ncell