PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

डायस्पोराका दर्शकले यसरी एप्समार्फत् प्रदर्शनको सातामै हेर्न पाउने भए फिल्म



पहिलोपोस्ट

डायस्पोराका दर्शकले यसरी एप्समार्फत् प्रदर्शनको सातामै हेर्न पाउने भए फिल्म

काठमाडौैं: प्रदर्शन भएको हप्तामा नै एप्समार्फत् दर्शकले नेपाली फिल्म हेर्न पाउने भएका छन्।

नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनी ओएसआर डिजिटलले संचालनमा ल्याएको 'भिडियो पसल' एप्सबाट डायस्पोराका दर्शकले नेपालमा शुक्रबार नै रिलिज भएको फिल्म हेर्न पाउने भएका छन्।

नेपाल बाहिर रहेका दर्शकले एप्स डाउनलोड गरी 'न्यूनतम शुल्कमा फिल्म हेर्न पाउने भएका छन्। ओएसआर डिजिटलले पाइरेसीको कुनै अवसर नहुनेगरी एक पटक पैसा तिरेपछि हप्ताभरी फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको बताएको छ।

एप्समा १ देखी ३ डलरसम्ममा फिल्म हेर्न पाइनेछ। यो प्रविधिले निर्माताहरुलाई व्यापारिक रुपमा राहत प्रदान गर्ने ओएसआरले बताएको छ।

 

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell