
काठमाडौैं: निर्देशक दीपेन्द्र के. खानलले 'पशुपति प्रसाद' झैं सम्झन लायक फिल्म बनाउने घोषणा गरेका छन्। उनले निर्देशन गर्ने नयाँ फिल्म हो 'आमा'।
नेपालमा निर्माण भएको पहिलो फिल्म पनि 'आमा' नै हो। फिल्मलाई सन् १९६४ मा हीरासिंह खत्रीले निर्देशन गरेका थिए। त्यसपछि यसै नाममा रेसराज आचार्यले फिल्म बनाएका थिए। अब निर्देशक दीपेन्द्रले पनि 'आमा' शीर्षकको फिल्मलाई अर्थपूर्ण बनाउने बताएका छन्।
उनले फिल्मको प्रदर्शन टार्गेटसमेत सार्वजनिक गरेका छन्। फिल्म फागुन ९ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी छ। फिल्ममा शर्मिला पाण्डेको निर्माण रहनेछ। दीपेन्द्रले यसअघि 'चङ्गा चेट' निर्देशन गरेका थिए।
'आमा'मा सुरक्षा पन्त, सर्यमाला खनाल, सरिता गिरीलगायतको मुख्य अभिनय रहनेछ। दीपेन्द्रले निर्देशन गरेका 'धनपति' र 'चङ्गा चेट'मा पनि मुख्य अभनेत्री सुरक्षा नै थिइन्।
निर्देशक दीपेन्द्रको 'हिँडेर अमेरिका' शीर्षकको प्रोजेक्ट भने बनेको छैन।