PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

हाँस्य कलाकारले देश चलाइरहेको छ : बालकृष्ण खाँण



पहिलोपोस्ट

हाँस्य कलाकारले देश चलाइरहेको छ : बालकृष्ण खाँण

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले देश हाँस्य कलाकारले चलाइरहेको भन्दै सरकारको आलोचना गरेका छन्। नेपाली कांग्रेसको जागरण अभियानको कार्यक्रममा बोल्दै उनले सबै हाँस्य कलाकार सिंहदरबारमा रहेको टिप्पणीसमेत गरे।

'हाँस्य कलाकारले देश चलाइरहेको छ। सबै हाँस्य कलाकार सिंहदरबारमा छन्,' उनले भने, 'देशलाई सही बाटोमा लान कांग्रेसको नेतृत्व खाँचो छ।'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय इतिहास बनाएको दाबीसमेत गरे। काठमाडौंलाई मास्कमाडौं बनाएको भन्दै भने, 'शीतल निवास र सिंहदरबारका त एसीवाला गाडीमा। मदन भण्डारीको हत्यारा खै भनेर सोध्न पाइँदैन।'

इतिहासको रचना अघि कांग्रेसले जागरण अभियान गर्ने बताउँदै उनले यो इतिहासले नै देखाउने दाबी गरे।

'यो एक किसिमको रक्तसञ्चार हो। तेस्रो चरणमा स्थानीय तहमा पुग्नेछ। पूर्ण मनले सहयोग गर्नुस्,' अभियानबारे उनले भने, 'महासमितिमा आएका कुरा लामो छलफलपछि टुंगिएको हो। ती कुरा परिष्कृत गर्दै केन्द्रीय समितिले पारित गरेको हो।'

धेरै समय प्रधानमन्त्री ओलीविरुद्ध खर्चिएका उनले प्रश्न गरे : न्यायिक फैसला गर्ने अधिकार कताबाट आयो?

प्रश्न सोध्दा प्रधानमन्त्रीले जवाफ दिन नसक्ने अनि संसदलाई लान्छना लगाएको भन्दै आलोचनासमेत गरेका थिए उनले।

ओलीपथ ज्ञानेन्द्रपथमा गएको भन्दै उनले 'नेपाल सरकार' नभनेर मेरो सरकार भनेकोमा आपत्ती प्रकट गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell