PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

ओलीमाथि प्रकाशमान सिंहको प्रश्न : आफ्नै दलको नाम स्थिर गर्न नसक्नेले देश स्थिर राख्छ?



पहिलोपोस्ट

ओलीमाथि प्रकाशमान सिंहको प्रश्न : आफ्नै दलको नाम स्थिर गर्न नसक्नेले देश स्थिर राख्छ?

काठमाडौं : नेपाली कांग्रेसले सुरु गरेको जागरण कार्यक्रममा नेताहरुले सरकारविरुद्ध अभिव्यक्ति दिनेक्रम जारी छ। जागरण सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले जनतालाई अधिकार दिन काग्रेसले संघर्ष गर्दै आएको दावी गरे।

'कम्युनिस्टहरु अरुले गरेका काम पनि आफूले गरेको भन्छन्। कांग्रेसले आफूले गरेको काम भन्दै नभनी थाह पाइहाल्छन् नि भनेर बस्छन्,' सिंहले भने, 'रुन पनि पाउँदैन भनेर देउवाले भन्दा मान्छेहरु नहुने कुरा भन्थे। अब त्यस्तै हुन लागेन? पत्रकार पक्रेन?'

उनले संसदमा विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउनु रहेको तर्क गरे। 'संसदमै विपक्षीलाई होच्याउने? यो त जनतालाई होच्याएको हो नि,' उनले भने, 'अब यसको सशक्त विरोधका लागि कांग्रेस सशक्त हुनुपर्छ। यसैका लागि जागरण अभियान हो।'

विधिसम्मत चल्ने पार्टी भएकाले कम्युनिस्टलाई चेत गर्न तेरो मेरो भन्न छाड्नुपर्ने उनको धारणा थियो। उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आफ्नै पार्टीको नाम समेत स्थिर राख्न नसक्नेले देश स्थिर बनाउनै नसक्ने दाबी गरेका थिए।

ज्यानै बलिदान दिएर बनेका पार्टी भनेर चिनाउन रिफ्रेस गर्न जागरण। आफ्नै नाम स्थिर गर्न नसक्ने पार्टी छ कम्युनिस्टले जनतालाई पहिचान दिन सक्छ त?

संविधान त कांग्रेसले जारी गरेको हो नि।

यो संविधानको हामीलाई बढी माया छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell