PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

वर्षा सिवाकोटी भन्छिन् 'सुरुमा सुनेको स्क्रिप्ट छायाँकनमा जाँदा अर्कै हुने'



पहिलोपोस्ट

वर्षा सिवाकोटी भन्छिन् 'सुरुमा सुनेको स्क्रिप्ट छायाँकनमा जाँदा अर्कै हुने'

काठमाडौैं: फिल्म 'वीर बिक्रम २'की मुख्य अभिनेत्री हुन् वर्षा सिवाकोटी। 'पशुपति प्रसाद'बाट चर्चा कमाएकी वर्षा पछिल्लो समय फिल्महरु गर्न व्यस्त छिन्।

उनले यसअघि 'पुरानो बुलेट'मा अभिनय गरेकी थिइन्। फिल्मको बक्स अफिस रिपोर्ट खासै राम्रो भएन। 'रानी महल'लाई छोडेर वर्षा मिलन चाम्सको निर्देशनमा बन्ने 'वीर बिक्रम'का लागि फाइनल भएकी हुन्।

उनी अभिनित पछिल्ला फिल्महरुको व्यवसाय निराशाजनक नै रहे। दर्शकले फिल्मलाई रुचाइदिएनन्। फिल्मको चर्चा नभएपछि वर्षाको चमक पनि हराउँदै गयो।

तर, अब भने वर्षाको आशा बनेको छ 'वीर बिक्रम २'। अघिल्ला फिल्महरुको असफलता स्क्रिप्टमा भएको फेरबदलका कारण भएको वर्षा बताउँछिन्।

हालै, एक कार्यक्रममा वर्षाले भनिन् 'सुरुमा स्क्रिप्ट सुन्दा राम्रो तर, छायाँकनमा जाँदा अर्कै स्किप्ट भइदिने। त्यसैले पनि पछिल्ला फिल्महरु चलेनन्'। 

'वीर बिक्रम २' भने जेठ ३ बाट प्रदर्शनमा आउनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell