PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

दिउँसै ताला फोडेर माननीयको ५४ हजार रुपैयाँ चैट!



पी बी खड्का

दिउँसै ताला फोडेर माननीयको ५४ हजार रुपैयाँ चैट!

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै प्रदेश सांसदको पैसा चोरी भएको छ। मंगलबार दिउँसो करीब २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो।

‘दिउँसो करीब २ बजेतिर हो। म योजनाको विषयमा मन्त्रालयतिर गएको थिएँ,’ सांसद शाहीले भने, ‘कोठामा ताला लगाइएको थियो। सरियाले ढोकाको ताला फोडेर, भित्र दराज फोडेर चोरी भयो। ५४ हजार नगद थियो। अरु केही पनि गरेको छैन। घरबेटी पुजामा गएका थिए। त्यही मौकामा चोरी भयो।’

सांसद शाही वीरेन्द्रनगरको खजुरास्थित सिम्ताली चोक नजिकै भाडामा बस्दै आएका छन्। उनी कालिकोटबाट निर्वाचित सांसद हुन्।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने चोरी गर्नेको खोजी भइरहेको जनाएको छ। ‘घटना हुँदा बित्तिकै हामी त्यहाँ पुगेका थियौँ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीप क्षेत्रीले भने, ‘हामीले गम्भीर रुपमा लिएका छौं। अहिलेसम्म पत्ता लागेको छैन। खोज्ने काम भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell