PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

पुरुष भलिबल : उपाधिका लागि पुलिस र आर्मी भिड्ने



पहिलोपोस्ट

पुरुष भलिबल : उपाधिका लागि पुलिस र आर्मी भिड्ने

ताप्लेजुङ : तेस्रो संस्करणको पाथीभरा पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको सेमिफाइनल खेल जित्दै दुई क्लबले विभागीय भिडन्त पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सेटमा हरायो। पुलिस साविक विजेता समेत हो।

पुलिसले गण्डकीलाई २५-१५, २६-२४, २५-१७ को सेटमा पराजित गरेको हो।

यस्तै दोस्रो सेमिफाइनलमा आर्मीले विभागीय प्रतिद्वन्दी एपीएफलाई ३-१ को सेटमा हरायो। आर्मीले एपीएफलाई २५-२१, २५-२०,२०-२५,२६-२४ को सेटमा हारयो।

प्रदेश ५ मा भएको आठौँ राष्ट्रिय खेलकुदको पुरुष भलिबल फाइनलमा पनि पुलिस र आर्मी भिडेका थिए। जहाँ पुलिसले स्वर्ण जितेको थियो।

जलजले युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय हात पार्नेछ। यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद पाउनेछ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell