
आगामी दुई वर्ष ट्रान्सफर विन्डोमा खेलाडी खरीद गर्न नपाउने गरी फिफा लगाएको प्रतिबन्धविरुद्व चेल्सीले गरेको अपिल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरेको छ।
कम उमेरका खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै फिफाले गत फेब्रुअरीमा लण्डन क्लब चेल्सीलाई प्रतिवन्ध लगाएको थियो।
फिफाले अपिल अस्वीकार गरेपछि चेल्सीले अब आगामी दुई वर्ष खेलाडी किनबेच गर्न पाउने छैन।
फिफाको निर्णयविरुद्व चेल्सीले अब खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास)मा अन्तिम अपिल गर्न पाउनेछ।