PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

आइपीएल : एलिमिनेटर खेलको लागि दिल्लीको पहिलो रोजाईमा परेनन् सन्दीप



पहिलोपोस्ट

आइपीएल : एलिमिनेटर खेलको लागि दिल्लीको पहिलो रोजाईमा परेनन् सन्दीप

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१९ को एलिमिनेटरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ।

बिसाकापटानाममा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ।

तर आजको खेलको लागि नेपाली खेलाडी सन्दीप लामिछाने भने पहिलो रोजाईमा परेनन्। यसको अर्थ सन्दीपले बेन्चमै बसेर खेल्ने भएका छन्।

दिल्लीका लागि लगातार दोस्रो सिजन खेलिरहेका सन्दीपले यस सिजन लिग चरणमा १४ मध्ये ६ खेल मात्र खेल्न पाएका थिए। जसमा सन्दीपले ८ विकेट लिएका छन्।

आजको खेलको विजेताले दोस्रो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell