PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

रातो मछिन्द्रनाथ र मीननाथको रथ गा:बहाल पुर्‍याइयो

रातो मछिन्द्रनाथ र मीननाथको रथ गा:बहाल पुर्‍याइयो

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर:  वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को  रथयात्रा सुरु भएको छ।

बुधबार रातो मछिन्द्रनाथको रथलाई  पुच्व: त्वा (पुल्चोक) देखि तानेर गा:बहा (बहाल) पुर्‍याइएको छ। मछिन्द्रनाथसँग मीननाथको रथलाई पनि बुधबार नै गा:बहाल पुर्‍याइएको छ। बिहीबार गा:बहालबाट तानेर रथलाई मंगलबजार पुर्‍याइनेछ।

मीननाथको रथ भने टंगलबाट तानेर गा:बहालहुँदै न: टोल सम्म ल्याइ न: टोलबाट मछिन्द्रनाथको रथको अघिअघि गा:बहालसम्म पुर्‍याइएको हो।

रथयात्रा देखाउन ललितपुरकी जीवितदेवी कुमारीलाई हख: बहामा राखिएको थियो।

आइतबार बेलुकी मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याइ मूर्तिलाई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको हो।

करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्राका क्रममा रातो मछिन्द्रनाथको रथलाई सुन्धारा, नुगल, लगनखेलहुँदै जावलाखेल पुर्‍याएर उपयुक्त साइतमा भोटो देखाई रातो मछिन्द्रनाथको मर्तिलाई बुङमती लगेपछि जात्रा समापन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell