PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

इन्जुरी टाइम गोल, लुकासको ह्याट्रिक अनी टोटनहम पहिलो पटक फाइनलमा, अवे गोलमा पछि पर्दै बाहिरियो अयाक्स



पहिलोपोस्ट

इन्जुरी टाइम गोल, लुकासको ह्याट्रिक अनी टोटनहम पहिलो पटक फाइनलमा, अवे गोलमा पछि पर्दै बाहिरियो अयाक्स

युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब टोटनहम हट्सपर पहिलो पटक फाइनल पुगेको छ।

२०१८-१९ सिजनको दोस्रो सेमिफाइनल दोस्रो लेगमा लुकास मउराको ह्याट्रिक मद्दतमा अयाक्सलाई ३-२ ले पराजित गर्दै टोटनहमले अवे गोलको आधारमा फाइनलमा स्थान बनाएको हो।

घरेलु मैदानमा भएको पहिलो लेगमा टोटनहम १-० ले पराजित भएको थियो। अयाक्सको मैदानमा लुकास मउराले इन्जुरी टायमको छैटौँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नतिजा ३-३ को बराबरी भएको थियो। तर अवे मैदानमा गरेको गोलको आधारमा टोटनहमले फाइनलमा स्थान बनाएको हो।

पहिलो लेगमा एक गोलको अग्रता बनाउको थियो अयाक्सले दोस्रो लेगमा घरेलु मैदानमा दुई गोल गर्दै ५४औँ मिनेटसम्म समग्रमा ३-० को अग्रता बनाएको थियो। तर त्यसपछि खेलले अर्कै मोड लियो। यस सिजन रियल मड्रिड, युभेन्ट्स जस्ता ठूला क्लबलाई स्तब्ध पारेको अयाक्स घरेलु मैदानमा यस पटक आफैँ स्तब्ध बन्यो।

अयाक्सलाई पराजित गर्ने क्रममा लुकासले ५५औँ, ५९औँ मिनेट र इन्जुरी टायममा गोल गरे। त्यसअघि अयाक्सका लागि पाँचौ मिनेटमै माथिस डे लिट र ३५औँ मिनेटमा हाकि चियाचले गोल गरेका थिए।

यसअघि पहिलो सेमिफाइनलमा अर्को इंग्लिस क्लब लिभरपुलले पहिलो लेगमा ३-० ले हार बेहोरेपनि दोस्रो लेगमा शानदार पुनरागमन गर्द ४-० को जित हात पारेको थियो भने समग्रमा बार्सिलोनालाई ४-३ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

टोटनहम च्याम्पियन लिगको फाइनल पुग्ने ४०औँ क्लब समेत बनेको छ। यस्तै सन् २००८ मा चेल्सीपछि पहिलो पटक फाइनलमा बनाउने टोटनहम पहिलो टिम हो।

अब उपाधिका लागि 'अल इंग्लिस' फाइनल हुने भएको छ। फाइनल खेल जुन १ मा स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानो मैदानमा हुनेछ।

सन २००८ पछि च्याम्पियन्स लिगको फाइनलमा इंग्ल्याण्डका दुई क्लब उपाधिका लागि भिड्न लागेका हुन्। २००८ मा म्यानचेष्टर युनाइटेड र चेल्सीबीच फाइनल भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell