PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

कानुन दिवसमा प्रधानन्यायाधीशको शुभकामना, ‘संवैधानिक सर्वोच्चता कायम गर्न सबैको अग्रसरता आवश्यक’



पहिलोपोस्ट

कानुन दिवसमा प्रधानन्यायाधीशको शुभकामना, ‘संवैधानिक सर्वोच्चता कायम गर्न सबैको अग्रसरता आवश्यक’
फाइल फोटो

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विधिको शासन तथा संवैधानिक सर्वोच्चता कायम गर्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका छन्। कानुन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले समानता, न्याय र विधिको शासन सुनिश्चितताका लागि सबैको अग्रसरता आवश्यक रहेको बताएका हुन्।

शुभकामना सन्देशमा भनेका छन् ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिवद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवर्द्धन गर्न र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वास समेत लिएको छु।’

प्रधान न्यायालय ऐन २००८ जारी भई लागू भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइन्छ। २००९ साल वैशाख २६ गतेबाट  ऐन लागू भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell