PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

‘धुलो धुवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’: सडक कालोपत्रे माग गर्दै बौद्धमा स्थानीय विरोधमा, हेर्नुस् फोटोमा

‘धुलो धुवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’: सडक कालोपत्रे माग गर्दै बौद्धमा स्थानीय विरोधमा, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः काठमाडौँमा सडक पुनर्निर्माणको गति निकै सुस्त छ। कलंकी थानकोट, चाबहिल जोरपाटी लगायतका क्षेत्रमा पुनर्निर्माणले लामो समय लियो। चाबहिल जोरपाटी सडक भत्काएको तीन वर्ष भइसके पनि सडक कालोपत्रे हुन सकेको छैन।

सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको मारमा सर्वसाधारण परेका छन्।

पछिल्लो समय स्थानीयले चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक चाँडो कालोपत्रे गर्न दबाब दिन सङ्घर्ष समिति नै बनाएका छन्। सङ्घर्ष समितिले विरोध प्रदर्शन गर्दै आएको छ। बौद्ध व्यापार सङ्घको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय पनि सामेल छन्।

बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको छ।

हेर्नुस् तस्विरमा



ट्रेन्डिङ पोस्ट

Ncell