PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

'हाउसफूल ४'मा जोडिए नवाजुद्दीन सिद्दीकी



पहिलोपोस्ट

'हाउसफूल ४'मा जोडिए नवाजुद्दीन सिद्दीकी

'हाउसफूल ४'मा अभिनेता नवाजुद्दोन सिद्दीकी अनुबन्धित भएका छन्।

यसअघि फिल्ममा अक्षय कुमार, रितेश देशमुख र बवी देओल मुख्य भूमिकामा फाइनल भएका थिए। फिल्ममा उनी बाबाको भूमिकामा देखिँदैछन्। अभिनयका लागि चिनिने सिद्दिकी अब यी कलाकारसँगै पर्दा देखिने भएका हुन्। 

फिल्मको फस्ट हाफ १६ औं शताब्दीको सेटिङमा छायाँकन हुने बताइएको छ। यसअघिका सिरिजलाई दर्शकले रुचाएका छन्।

कमेडी जनरामा बन्ने फिल्मलाई साजिद खान र फराद सम्जीले निर्देशन गर्ने भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell