PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

भ्याटिकन सिटीमा इन्टर्नसिप गरी अस्ट्रेलियाली बैँकबाट राजीनामा दिएर आएकी अनुष्काले जितिन् मिस नेपालको ताज

भ्याटिकन सिटीमा इन्टर्नसिप गरी अस्ट्रेलियाली बैँकबाट राजीनामा दिएर आएकी अनुष्काले जितिन् मिस नेपालको ताज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी २३ वर्षीया अनुष्का श्रेष्ठ यस वर्षकी मिस नेपाल वर्ल्ड घोषित भएकी छिन्। 

अब उनले डिसेम्बर ७ मा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। 

सिड्नीको अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट ग्राजुएट गरेकी अनुष्काले १९ वर्षको उमेरमा भ्याटिकन सिटीमा इन्टर्नसिप गरेकी थिइन्। इसाई धर्मगुरु पोप राष्ट्रप्रमुख हुने देश भ्याटिकन सिटीको अर्थ सचिवालयमा उनले मार्च २०१६ देखि जुन २०१६ सम्म चार महिना इन्टर्नसिप गरेकी थिइन्।

पोपसित अनुष्काको सेल्फी। 

उच्च शिक्षाका लागि अस्ट्रेलिया भने उनी सन् २०१४ मै पुगेकी थिइन्।   

उनले सिड्नीमा भएको मिस नेपाल ओसेनिया जितेकी थिइन्। यो वर्षदेखि मिस नेपाल ओसिनियासँगै, मिस हङकङ नेपाल, मिस पोखरा, मिस पूर्वाञ्चल, मिस पश्मिाञ्चल र मिस चितवन सीधै मिस नेपालमा क्वालिफाइ गरिएको थियो। 

मिस नेपालमा सहभागी हुन नेपाल आउनुअघि उनी अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटर थिइन्। 

सहभागी २५ सुन्दरीमध्ये टप ७ मा पुगेकामध्ये ५ जनालाई यी उपाधि दिइएको थियो- मिस नेपाल वर्ल्ड- अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ– रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति र मिस नेपाल सुप्रानेसनल - राेज लामा। 



ट्रेन्डिङ पोस्ट

Ncell