
युरोपा लिगको उपाधिका लागि दुई इङ्लिस क्लब आर्सनल र चेल्सी भिड्ने भएका छन्।
गएराति भएको सेमिफाइनल दोस्रो लेगमा आर्सनलले भ्यालेन्सियालाई ४-२ ले पराजित गर्दै समग्रमा ७-३ को जित हात पारेको हो। पहिलो लेग आर्सनलले ३-१ ले जितेको थियो।
आर्सनलको जितमा पिएरे एमरिक औवामेयाङले ह्याट्रिक गरे।
यसै गरी चेल्सीले जर्मन क्लब एनट्ट्राच फ्रायनफर्टलाइ पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै फाइनल पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी खेलेको यी दुई क्लबले दोस्रो लेगमा पनि १-१ को बराबरी खेलेका थिए। पेनाल्टी सुटआउटमा चेल्सी ४-३ ले विजयी भएका हो।