PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

संसदमा प्रिबजेट छलफल आजदेखि, अवरोधको तयारीमा कांग्रेस



पहिलोपोस्ट

संसदमा प्रिबजेट छलफल आजदेखि, अवरोधको तयारीमा कांग्रेस

काठमाडौँः आर्थिक वर्ष २०७६/०७७ को प्रिबजेट छलफल आजदेखि हुँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका प्राथमिकता र सिद्धान्त संघीय संसदमा दुबै सदनमा पेस गर्दैछन्। दुबै सदनमा अर्थमन्त्रीले प्रिबजेट छलफलको प्रस्ताव पेस गर्नेबारे वैशाख २४ गतेको बैठकमा नै सांसद्लाई सूचित भइसकेको छ।

योपटक नीति तथा कार्यक्रम पारित भएपछि प्रिबजेट छलफल हुन लागेको हो। यसअघि प्रिबजेट छलफलपछि नीति तथा कार्यक्रम पेस गर्ने प्रचलन थियो। नीति तथा कार्यक्रम सघीय संसद्मा दुबै सदनबाट शुक्रबार पारित भइसकेको छ।

 

अवरोधको तयारीमा कांग्रेस

सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोधको तयारी गरेको छ।

गत शुक्रबार नीति तथा कार्यक्रम कांग्रेसको अवरोधकै बीच पारित भएको थियो। तर, कांग्रेस प्रक्रियामा भने सहभागी भएको थियो।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रयोग भएको निम्छरा अभिव्यक्ति भन्ने शव्द हटाउन माग गर्दै आएको छ। उक्त अभिव्यक्ति रेकर्डबाट हटाउमा मागसहित अवरोधको तयारी कांग्रेसले गरेको हो। शब्द नहटाए अवरोधको तयारी रहेको कांग्रेसका एक सांसदले बताए।

सत्तारुढ नेकपाका सांसदहरुले पनि कांग्रेस सांसद् मीन विश्वकर्माको अभिव्यक्ति हटाउनु पर्ने बताउँदै आएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell