PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

आइपीएल : फाइनल प्रवेशका लागि चेन्नाई र दिल्ली आज खेल्दै, सन्दीपले खेल्न पाउलान्?



पहिलोपोस्ट

आइपीएल : फाइनल प्रवेशका लागि चेन्नाई र दिल्ली आज खेल्दै, सन्दीपले खेल्न पाउलान्?

इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ सकिन अब २ खेल बाँकी छ। प्लेअफ अन्तर्गत आज दोस्रो क्वालिफायर हुँदैछ। र फाइनल पुग्नका लागि साविक विजेता चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यस खेलको विजेताले उपाधिका लागि मुम्बई इन्डियन्ससँग फाइनल खेल्नेछ।

साविक विजेता समेत रहेको चेन्नाई पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो। लिग चरणमा शीर्ष दुई स्थान रहन सफल भएका कारण चेन्नाईले मुम्बईसँग हारेपछि फाइनल पुग्नका लागि अर्को मौका पाएको हो।

उता नकआउट स्टेजमा खराब इतिहास रहेको दिल्लीले यस पटक भने प्लेअफमा एक खेल जितिसकेको छ।

लिगमा तेस्रो भएको दिल्लीले एलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो।

युवा खेलाडीको बाहुल्य रहेको दिल्लीले यस पटक मिश्रीत प्रदर्शन गर्दै आएको छ। आइपीएलको १२ वर्षे इतिहासमा दिल्ली अहिलेसम्म फाइनल पुग्न सकेको छैन र यस पटक त्यो जितलाई तोड्दै दिल्ली फाइनल पुग्ने अभियानमा छ। त्यसका लागि ३ पटकको विजेता चेन्नाईको चुनौती पार गर्नुपर्नेछ।

लिग चरणमा भएको दुवै खेल चेन्नाईले जितेको थियो। दिल्लीको मैदानमा भएको खेल चेन्नाईले ६ विकेटले जितेको थियो भने चेन्नाई घरेलु मैदानमा ८० रनले विजयी भएको थियो।

आइपीएलमा चौथो पटक प्लेअफ खेलिरहेको दिल्लीले पछिल्लो पटक सन् २०१२ मा प्लेअफ खेलेको थियो।

सन् २०१२ मा दिल्लीले लिग चरणमा सर्वाधिक ११ खेल जितेर शीर्ष स्थान हात पारेको थियो। तर पहिलो क्वालिफायरमा कोलकता नाइट राइडर्स र दोस्रो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग पराजित भएपछि तेस्रो भएको थियो। त्यो नै दिल्लीको अहिलेसम्मको उत्कृष्ट नतिजा हो।

सन् २००८ र २००९ मा भएको सुरुको दुई संस्करणमा शीर्ष चारमा रहेर सेमिफाइनल पुगेको दिल्ली पराजित भएको थियो।

 

 

सन्दीपले पाउलान् अवसर?

नेपाली समर्थकहरुको लागि पनि यो खेल प्रतिक्षित खेलको रुपमा रहेको छ। नेपाली युवा स्टार स्नदीप लामिछानेले लगातार दोस्रो सिजन आइपीएल खेलिरहेका छन्।

गत सिजन दिल्लीबाट खेल्दै आइपीएलमा डेब्यू गरेका सन्दीपले यस पटक गत वर्षको भन्दा दोब्बर खेल खेलिसकेका छन्।

गत वर्ष दिल्ली प्लेअफ होडबाट बाहिरिएपछि सन्दीपले अन्तिम ३ खेल खेल्ने अवसर पाएका थिए। जसमा उनले आफूलाई प्रमाणित गर्दै ५ विकेट लिए।

त्यही प्रदर्शनको आधारमा लगातार दोस्रो वर्ष दिल्लीको टिममा रहेका सन्दीपले यस पटक लिग चरणमा ६ खेल खेल्दै ८ विकेट लिए। तर पछिल्ला खेलहरुङ्गा भने सन्दीप बेन्चमै समिति भएका छन्।

एलिमिनेटर खेलमा सनराइजर्स विरुद्ध पनि सन्दीप पहिलो रोजाईमा परेनन्।

हैदरावाद विरुद्धको खेल भएकै विसाकापटनममा दिल्लीले चेन्नाई विरुद्ध खेलेको थियो। उक्त खेलमा दिल्लीले अमित मिश्रा, अक्सर पटेललाई स्पीनरको रुपमा खेलाएको थियो। यस्तै विदेशी खेलाडीको कोटामा कलिन मुनरो, शेरफान रुथरफोर्ड, किमो पउल र ट्रेन्ट बोल्ड खेलेका थिए।

सन्दीपले पहिलो रोजाईमा अवसर पाउन यी चारमध्ये एक खेलाडीको स्थान लिनुपर्नेछ।

सन्दीपले यस सिजन लिग चरणमा रोएल च्यालेन्जर्स बैंगलोर र किंग्स एलेभेन पञ्जाव विरुद्ध २-२ खेल खेलेका थिए। यस्तै सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्स विरुद्ध समूह चरणम खेलेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell