
नेपाली फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिग फुटबलमा लगातार तेस्रो खेलमा गोल गरेकी छिन्। सावित्राको लगातार गोल अनी रतनबालाको ह्याट्रिक मद्दतमा सेथु एफसीले पनि लगातार तेस्रो जित हात पारेको छ।
शुक्रवार बिहान सम्पन्न खेलमा रतनबालाले ४ गोल गरेपछि सेथुले साइ एसटिसीलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको हो।
यस खेलमा सावित्राले दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन्। उनले ८२औँ मिनेटमा गोल गरेकी हुन्।
पहिलो खेलमा चार गोल गरेकी सावित्रमले दोस्रो खेलमा १ गोल गरेकी थिइन्।
यसैगरी नेपालकै अर्का खेलाडी अनिता बस्नेतले पहिलो पटक पहिलो रोजाईँमा खेलेकी छिन्। अघिल्लो खेलमा सावित्राको स्थानमा मैदान प्रवेश गरेकी अनिताले यस खेलमा भने सुरु देखि नै खेल्ने अवसर पाएकी हुन्।