
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो दुई प्रतियोगिता हुन् च्याम्पियन्स लिग र युरोपमा लिग।
अनी यी दुवै प्रतियोगिताको फाइनलमा इंग्ल्याण्डका टिम।
चारवटै इंग्लिस टिम फाइनलमा पुगेपछि इंग्लिस फुटबल र समर्थकको लागि यो सिजन विशेष बनिसकेको छ र दुवै प्रतियोगिता इंग्ल्याण्डको क्लबले जित्ने पक्का छ।
र एउटै देशबाट दुई प्रतियोगिताको फाइनल खेल्ने सबै टिम भएको यो पहिलो अवसर पनि हो।
लिभरपुल र टोटनहम च्याम्पियन्स लिगको फाइनलमा पुगेका छन् भने दुई लण्डन क्लब चेल्सी र आर्सनल युरोपा लिगको फाइनल खेल्नेछन्।
पाँच पटकको विजेता लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो। त्यसका लागि एनफिल्ड क्लबले स्पानिस जायन्ट बार्सिलोना विरुद्ध शानदार पुनरागमन गर्दै समग्रमा ४-३ को जित हात पारेको थियो।
पहिलो लेग ३-० ले हारेको लिभरपुलले दोस्रो लेग घरेलु मैदान ४-० ले जितेको हो।
उता पहिलो पटक फाइनलमा स्थान बनाएको टोटनहमले अवे गोलका आधारमा डच क्लब अयाक्सलाई पछि पार्यो। घरेलु मैदानमा पहिलो लेग १-० ले गुमाएको टोटनहमले लुकास मौराको मद्दतमा दोस्रो लेगमा अयाक्सलाई उसैको मैदानमा ३-२ ले हरायो। यो जित कस्तो थियो। भने ५ मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेटमा लुकासले निर्णायक गोल गरेका थिए।
उता युरोपा लिगको फाइनलमा आर्सनललले सहजै स्थान बनाउदा चेल्सीले भने पेनाल्टी सुटआउटको सहारा लिनुपर्यो।
आर्सनलले पिएरे एमरिक ओवाम्याङको ह्याट्रिक मद्दतमा दोस्रो लेगमा भ्यालेन्सियालाई ४-ले हराउदै समग्रमा ७-३ को जित हात पार्यो। पहिलो लेग लण्डन क्लबले ३-१ ले जितेको थियो।
उता चेल्सीले भने दुवै लेगमा जर्मन क्लब एनट्राच फ्रांकफर्टसँग १-१ को बराबरी खेलपछि समग्रमा स्कोर २-२ भएको थियो।
त्यसपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट भएको हो। चेल्सीले पेनाल्टीसुटआउट ४-३ ले जित्यो।
पछिल्लो सयम युरोपमा इंग्लिस फुटबल कमजोर भएको आलोचना भइरहँदा यस पटक च्याम्पियन्स लिग र युरोपा लिगमा सबै क्लब इंग्ल्याण्डबाटै पुगेपछि इंग्लिस क्लब र राष्ट्र दुवैलाई राहत भएको छ।
अब च्याम्पियन्स लिगको फाइनल जुन १ मा मड्रिडको वानडा मेट्रोपोलिटानोमा हुनेछ भने युरोपा लिगको फाइनल मे २९ मा अजरबैजानको बाकुमा हुनेछ।