PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

फ्राइडे रिलिजमा 'पसिना' र 'स्टूडेन्ट अफ दी इयर २'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'पसिना' र 'स्टूडेन्ट अफ दी इयर २'

काठमाडौैं:  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत 'पसिना' प्रदर्शनमा आएको छ। बलिउडमा प्रतिक्षित मानिएको 'स्टूडेन्ट अफ दी इयर २' पनि नेपाल प्रदर्शनमा आएको छ।

फिल्ममा गौरव पहारीसँगै अनु शाह,सरोज खनाल, धुर्व कोइराला, जयनन्द लामा, शिव शंकर रिजाललगायतको अभिनय छ। आर. बि. के. सरदले फिल्मलाई निर्देशन गरेका हुन्। पछिल्लो समय फिल्मबाट टाढा रहेकी अनु 'पसिना'बाट आशावादी छिन्।

प्रदर्शनमा आएको 'स्टूडेन्ट अफ दी इयर २'मा भने अभिनेता टाइगर स्रफको मुख्य अभिनय छ। पुनित मल्होत्रा निर्देशित फिल्ममा तारा सुतरिया र अनन्या पाण्डेको अभिनय छ।

'पसिना'लाई मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा सो दिएको छैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell