काठमाडौैं: 'काउसो' टिमले प्रदर्शन टार्गेट गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरमा फिल्मका कलाकार फिचर्ड छन्।
अर्नभ फिल्मसको ब्यानारमा निर्माण भएको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नविन आचार्य ,सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगानालगायतको अभिनय छ।
फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन्। यो फिल्म वैशाख २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो। तर, उक्त मितिमा 'दाल भात तरकारी'ले प्रदर्शनमा आएपछि फिल्मको प्रदर्शन सरेको थियो। अब भने फिल्म जेठ १७ बाट प्रदर्शनमा आउनेछ।
फिल्ममा बिकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, बिक्रम स्वाँरको कोरियग्राफी, रामेश्वर हुमागाईंको सम्पादन छ।