PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

आमेश र नीताको 'प्याचअप' सम्भावना कति?



पहिलोपोस्ट

आमेश र नीताको 'प्याचअप' सम्भावना कति?

काठमाडौैं: अभिनेता आमेश भण्डारी र नीता ढुङ्गानाको ब्रेकअपले एकसमय नेपाली मिडियामा राम्रै स्थान पाए। उनीहरुको ब्रेकअपको चर्चा अहिले पनि फिल्मकर्मीबीच हुनेगर्छ। यद्यपि दुवै आफ्नो जीवनमा अघि बढिसकेका छन्।

ब्रेकअपसँगै दुवैजना फिल्म क्षेत्रमा त्यति सक्रिय देखिएनन्। यी दुईको स्क्रिन जोडीलाई भने दर्शकले पहिलेदेखि रुचाउँदै आएको छ। ब्रेकअपपछि यी दुइले एकसाथ फिल्म गर्न छाडे।

 

अब फेरी यो जोडी पर्दामा देखिने भएको छ। आमेशले हालै लेखेको फेसबुक स्ट्याटसले उनी दुई नयाँ प्रोजेक्टमा देखिने संकेत गरेको छ। उनले नीतासँगको तस्वीर राख्दै लेखेका छन् 'बैमानी बैमानी त्यो रुपै हैरानी। चाँडै आउँदै।'

के आमेशका लागि नीता बैमानी नै भइन्? त्यो उनीहरुको नयाँ प्रोजेक्टमै समावेश होला। तर, प्रोजेक्ट कै बहानामा भए पनि यी दुईको भेट हुन थालेको छ। यी दुइको 'प्याचअप' कतिको सम्भव छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell