
काठमाडौँ : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियन शनिवार काठमाडौँमा आयोजना हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुने रेस्लिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
शुक्रवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संघले च्याम्पियन्सिको दुई वटा बेल्ट सार्वजनिक गर्दै खेलाडीहरुको समेत परिचय गराएको थियो।
नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापाले मिडल किङ्गडम रेस्लिङ (एमकेडब्लु) यो दोस्रो संस्करण भएको र नेपालमा पहिलो पटक यो आयोजना गर्न पाउनु आफूहरुको लागि खुशीको विषय रहेको बताइन्।
यस पटक मुख्य आकर्षणको रुपमा विदेशी खेलाडी नै रहेको संघले जनाएको छ। 'डब्लुडब्लुई र एनएक्सटी खेलिसकेको विदेशी खेलाडी पनि आउँदैछन्। यस पटक आएका सबै विदेशी खेलाडी नयाँ छन्। दुई वटा बेल्टको लागि भोली प्रतिस्पर्धा हुँदैछ। नेपाली खेलाडीले पनि त्यसमा प्रतिस्पर्धा गर्नेछन्।' थापाले भनिन्।
यस्तै च्याम्पियन्सिपको भेन्युको रुपमा रहेको राखेपको कभर्डहल प्रयोग गर्ने विषयमा राखेपका सदस्य सचिव केशव कुमार विष्टसँग छलफल गरेको र विष्टले नै स्वीकृति दिएको थापाले बताइन्।
एमकेडब्लु चीनको समन्वय र राखेपको विशेष सहयोगमै यो च्याम्पियनसिप हुन लागेको हो। राखेपले भेन्यु मात्रै उपलब्ध गराएको र बाँकी सहयोग विभिन्न संस्थाहरु बाट रहेको उनले बताइन्।
च्याम्पियनसिपमा नेपाल, चीन, अमेरिका, इंग्ल्याण्ड, हङकङ, न्यूजिल्याण्डका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
नेपालबाट नुवाकोटे टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान र दिलाशाले प्रतिस्पर्धा गर्नेछन्। यस्तै अमेरिकाबाट एस शिल्भा, जेडा, जोम्बिई ड्रागन र अंकल तथा इंग्लयाण्डबाट विग साम छन्।
यस्तै चीनबाट बेम्बो क्रुसर, दा बाई र ब्ल्याक माम्बा तथा हङकङबाट के सी, चियरम्यान एएल र मिचेल सु छन्।
च्यानम्पियनसिपको मुख्य बेल्टको लागि बिग साम र डेभिडबीच तथा नेपालका नुवाकोटे टाइगरसहित ब्ल्याक माम्बा,एस शिल् र टोमी कम्ब्याटबीच खेल हुने आयोजकले जनाएको छ।
च्याम्पियनसिपको खेलहरु शनिवार दिउँसो ३ देखि बेलुका ६ सम्म हुनेछ। खेलहरु डिस मिडियाको एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ।
च्याम्पियनसिप प्रत्यक्ष हेर्नका लागि दर्शकहरुको लागि एक हजार र ५०० को टिकट व्यवस्था गरिएको छ।