PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

यस्तो बन्यो 'कुम्भ करण'को ट्रेलर



पहिलोपोस्ट

यस्तो बन्यो 'कुम्भ करण'को ट्रेलर

काठमाडौैं:  फिल्म 'कुम्भ करण'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार अभिनेता गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल फिचर्ड छन्।

 आकाश पल इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको यसअघि  दुई पोस्टर सार्वजनिक भएको थियो। गत असार २२ मा नै रिलिज गर्ने भनिएको फिल्म अब सरेर जेठ १७ गतेलाई तय भएको छ।

सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित भएको फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्। फिल्ममा महेश दवाडीको पटकथा/संवाद छ। फिल्ममा अन्य कलाकार प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्रीको अभिनय छ।

गोविन्द मधुर आचार्यको संगीत रहेको फिल्ममा हरि घले लामाको छायाँकन तथा मिलन श्रेष्ठको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell