
धनगढी : महाकाली राजमार्गको मोहनापुल–अत्तरिया खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मुत्यु भएको हो। मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ वर्षीय टेकबहादुर बलायर रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटरमा सवार अन्य एक जना भने घाइते भएको र उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।