PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

याक एण्ड यति होटेलमा प्रहरीको छापा : १२ जना भारतीय व्यापारी पक्राउ



पहिलोपोस्ट

याक एण्ड यति होटेलमा प्रहरीको छापा : १२ जना भारतीय व्यापारी पक्राउ

काठमाडौ : दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको सयुक्त टोलीले सुचनाको आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्नेलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालमा समेत अवैध नेटवर्किङ गर्न आएलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

साइन गुप्रका डारेक्टर रसिद नासिङ सहित १२ जना समातिएका हुन्। ‘समयमा नै सुचना पाएकाले नेपालीको करौडौं रुपैयाँ ठगी हुनबाट जोगियो,' डिएसपी बोगटीले भने।

उनीहरुले होटलको रुम लिएर लिएर शुक्रवारदेखि ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिएका थिए। ‘करीब ३ सय जना नेपालीलाई सदस्य बनाउने योजना बनाएर आएको देखियो,' डिएसपी बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell