PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

विश्वराजलाई डिआइजीको दर्ज्यानी चिन्ह



पहिलोपोस्ट

विश्वराजलाई डिआइजीको दर्ज्यानी चिन्ह

काठमाडौः प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा भएका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले दर्ज्यानी चिन्ह लगाएका छन्।

आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। गत बिहीबार गृह मन्त्रालयले एसएसी पोखरेललाई बढुवा सिफारिस गरेको थियो।

समकालीन एसएसपीहरु धिरजप्रताप सिंह, वसन्त पन्त, घनश्याम अर्याललगायतलाई पाखा लगाउँदै पोखरेलले १०० पूर्णाङ्कमा ७१.६१२८ नम्बर ल्याएर बढुवामा सिफारिस भएका थिए।

काभ्रेमा डिआइजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि एक डिआइजी पद रिक्त थियो।

२०७४ माघमा उनी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख बनेका थिए।  डिआइजी पोखरेललाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell