PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आजबाट नयाँ नियमः अस्पतालमा सुर्तिजन्य पदार्थ खाए प्रहरी कारबाहीमा,पाँच सय रुपैयाँसम्म जरिवाना



पहिलोपोस्ट

आजबाट नयाँ नियमः अस्पतालमा सुर्तिजन्य पदार्थ खाए प्रहरी कारबाहीमा,पाँच सय रुपैयाँसम्म जरिवाना
फाइल फोटो

काठमाडौँ: प्रहरीले आजबाट अस्पताल क्षेत्र र आसपासमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउने भएको छ।

धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने उद्देश्यले आजबाट काठमाडौँका सरकारी अस्पताल क्षेत्रमा पूर्ण रूपमा विक्री तथा सेवनमा रोक लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले बताए।

‘सरकारी अस्पताल भित्र र सय मिटरको क्षेत्रमा कसैले सर्तजन्य पदार्थ सेवन गर्‍यो भने हामी कारबाही गर्छौँ। हामीले प्रहरी परिचालन गरिसकेका छौँ।‘ डिएसपी बोगटीले भने। पहिलो चरणमा सम्झाइ बुझाइ गर्ने, दोस्रो पटक पनि सेवन गरे एक सय रुपैयाँ जरिवाना गराउने र त्यसपछि जरिवाना रकम बढ्दै जाने प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पहिलो चरणमा काठमाडौँभित्र रहेका सरकारी, नेपाल प्रहरी, नेपाली सेनाका गरेर ११ वटा सरकारी अस्पतालमा यो नियम लागु गरिएको छ। सरकारी अस्पतालपछि सरकारी र विद्यालय वरपर समेत नियम गर्ने प्रहरीको तयारी छ। अस्पताल क्षेत्रमा सर्तजन्य पदार्थ सेवन गरेको नगरेको निगरानी गर्न सिभिल प्रहरी खटाइसकेको डिएसपी बोगटीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell