PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

महिला र पुरुषको राष्ट्रिय बिच भलिबल जेठ २३ देखि पोखरामा हुने



पहिलोपोस्ट

महिला र पुरुषको राष्ट्रिय बिच भलिबल जेठ २३ देखि पोखरामा हुने

काठमाडौँ : नेपाल भलिबल संघको आयोनामा महिलार पुरुषको राष्ट्रिय बिच भलिबल प्रतियोगिता जेठ २३ गतेदिख पोखरामा सुरु हुने भएको छ।

संघले आफ्नो वार्षिक कार्षतालिका अनुसार छैटौँ महिला तथा सातौँ राष्ट्रिय बिच भलिबल जेठ २३ देखि २५ गतेसम्म पोखरामा आयोजना गर्ने आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कूल १० टोलीको सहभागिता हुनेछ।

महिला र पुरुषतर्फ सहभागि टोलीले २-२ टिम सहभागिता गराउने पाउनेछ। महिलातर्फ कूल २० र पुरुषतर्फ पनि २० गरी कूल ४० टोलीको सहभागिता हुने संघले जनाएको छ।

संघले इन्डोर भलिबलको राष्ट्र राष्ट्रिय टिमको प्रशिक्षणमा राखेको खेलाडीले यस बिच भलिबलमा खेल्न नपाउने बताएको छ।

क्लोज क्याम्पको लागि छनोट हुने ३० महिला र ३० पुरुष खेलाडीले बिच भलिबल खेल्न नपाउने संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए।

प्रतियोगिताको विजेताले नगद ३० हजार पाउनेछन्। यस्तै दोस्रोले २० र तेस्रोले १० हजार हात पार्नेछन्।

यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमबाट भविष्यमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता र नेपालमै आगामी डिसेम्वरमा आयोजना हुने १३औँ सागको बिच भलिबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell