
काठमाडौँ : नेपाली फुटबलको नम्वर वान गोलकिपर किरण कुमार लिम्बु मलेसियाको आइसोटोनिक ड्रिंक १०० प्लसको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्।
सारा ग्रुपले नेपालमा भित्र्याएको र मलेसियाको नम्बर वान आइसोटोनिक ड्रिंकको रुपमा परिचित १०० प्लस र किरणबीच आइतवार राजसधानीमा सम्झौता भएको हो।
सम्झौता दुई वर्षको लागि रहेको छ। सारा ग्रुप नेपालका प्रवन्ध निर्देश दिपक केसि र गोलकिपर किरणले सम्झौतामा हस्ताक्षर गरे।
सारा ग्रुप र किरण दुवैले सम्झौताको रकम भने खुलाउन चाहेनन्। तर सारा ग्रुपका केसीले दुईपक्षबीचको समझदारीमा नै सम्झौता भएको बताए।
यसअघि नै नेपाल बजारमा आइसकेको १०० प्लसको आइतवारै औपचारिक लन्च समे गरिएको छ।
१०० प्लस नेपालको लागि सारा ग्रुपका प्रवन्ध निर्देशक दिपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ्ग जेसी, ब्राण्ड म्यानेजर वाइ यीन, गोलकिपर किरण र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा १०० प्लसको औपचारिक लन्च गरेका हुन्।
सारा ग्रुपका निर्देशक केसीले १०० प्लस आइसोटोनिक ड्रिङ्स अन्य इनर्जी ड्रिङ्स भन्दा फरक रहेको बताए।