
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीए) २०१९ मा दिल्ली क्यापिटल्सका लागि खेलेका नेपाली युवा स्टार सन्दीप लामिछाने आइतवार स्वदेश फर्किएका छन्।
दिल्लीका लागि लिग चरणमा ६ खेल खेल्न पाएका सन्दीपले ८ विकेट लिएका थिए। तर दिल्लीले अलेको यस सिजनको अन्तिम खेल (दोस्रो) क्वालिफायर भने सन्दीपले खेल्न पाएनन्। उक्त खेलमा दिल्ली चेन्नाईसँग पराजित भएको थियो र फाइनल पुग्न सकेन।
आइतवार एअर इन्डिया मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तलमा अवतरण भएपछि सन्दीपले गत सिजन भन्दा यस सिजन बढि खेल्न खेल्न पाएको र त्यसबाट धेरै सिक्ने अवसर पाएको बताए।
लिग चरणमा ६ खेल खेलपनि सन्दीप ८ खेलमा बेन्चमा थिए। सन्दीप लेग स्पिनर हुन् र दिल्लीमा दुई भारतीय लेगस्पिनर समेत छन्। एक खेलमा चार मात्र विदेशी खेलाडीले खेल्न पाउनेछन्। यसै कारण पनि सन्दीपले धेरै खेलमा मौका पाउन सकेका थिएनन्। सन्दीपल आफैले पनि यो तथ्यलाई स्वीकार गरे। 'हाम्रो टिममा भारतकै दुई लेगस्पिनर छन्। यदी उनीहरुले नराम्रो खेलेको बेला मात्र मेरो चान्स आउँथ्यो।'
यस्तै क्वालिफायरमा चेन्नाईसँग हार्नुको कारण सन्दीपले यसरी खोले। 'ब्याटिङमा हामी अली तल थियौँ। बलिङ पनि राम्रो हुन सकेन।'
खेल बाहेक आइतवार सन्दीपलाई अर्को विषयले भने निकै अत्यायो।
दिल्लीबाट आउने एअर इन्डियाको विमान २:४५ मा त्रिभुवन विमानस्थलमा अवतरण हुने तय थियो। तर खारब मौसमका कारण विमान रनवेमा आएर पनि तोकिएको समयमा अवतरण हुन सकेन।
करिब २ घण्टा विमान आकाशमै होल्ड भयो र १० राउण्ड घुम्यो।
'यो निकै ब्याड एक्सिपिएन्स रह्यो। मेरो त सातो नै गयो। यस्तो कसैलाई नहोस्।'
सन्दीपले आइपीएलको व्यस्त समयपछि नेपाल फर्कएकोले अबको समयम परिवारसँग बिताउने बताए। यस्तै उनले आफूलाई सामान्य ब्याक पेन समेत भएको बताए।
यस्तै अब जेठमा सुरु हुने प्राइम मिनिस्टर कम पनि नखेल्ने उनले बताए।