
काठमाडौँ : इन्डियन प्रिमियर खेलेर स्वदेश फर्किएका युवा स्टार सन्दीप लामिछानेले तेस्रो प्राइम मिनिस्टर कप एकदिवसीय क्रिकेट नखेल्ने भएका छन्।
आइपीएल २०१९ मा दिल्ली क्यापिटल्सका लागि ६ खेल खेलेका सन्दीप आइतवार नेपाल फर्केका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएपछि सञ्चारकर्मीहरुको जिज्ञासामा सन्दीपले पीएम कप नखेल्ने बताएका हुन्।
सन्दीपले परिवारलाई समय दिन र आरामका लागि पीएम कप नखेल्ने प्रष्ट पारे। ‘मेरो हल्का ब्याक पेन पनि छ। अब केहि समय आराम गर्छु, यो समय परिवार र साथी भाईसँग बिताउन चाहन्छु।’ उनले भने।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यही जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने पीएम कपमा सात प्रदेश र तीन विभागीय गरी कूल १० टोलीको सहभागिता रहनेछ।