PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान



पहिलोपोस्ट

प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान

प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकेर आज कम्बोडिया प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा ओली वैशाख २६ गते भियतनाम पुगेका थिए।

भियतनाममा प्रधानमन्त्री ओलीले भियतनाम* नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय दिवसलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्रीका साथ नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ। रासस

*भियतनाम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको। -सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell