PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

१६ लाख प्रतिबन्धित भारतीय रुपैयाँसहित पाँच जना पक्राउ



पहिलोपोस्ट

१६ लाख प्रतिबन्धित भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

काठमाडौः प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ सोह्रखुट्टेको ब्लुमुन होटेलबाट पाँच जनालाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा शम्भु परियार, राजेन्द्र घिसिङ, सन्तोष थापा, धनध्वज तामाङ र रामविक्रम खड्का रहेका छन्।

उनीहरूले प्रतिबन्धित रकम देखाएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले १६ लाख रुपैयाँ रकमसमेत बरामद गरेको डिएसपी बोगटीले जानकारी दिए। ‘ठगी गर्ने मनसायले रकम बोकेर हिँडेको देखियो। थप अनुसन्धान गरिरहेका छौँ,‘ उनले भने।                    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell