PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

अस्पतालमा सूर्तीजन्य पदार्थ सेवन गर्ने २० जना प्रहरीको फन्दामा



पहिलोपोस्ट

अस्पतालमा सूर्तीजन्य पदार्थ सेवन गर्ने २० जना प्रहरीको फन्दामा

काठमाडौँ: प्रहरीले आइतबारबाट अस्पताल क्षेत्र र आसपासमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ। आइतबारमात्र नियम विपरीत सूर्तीजन्य पदार्थ सेवन तथा बिक्री गर्ने २० जना प्रहरी फन्दामा परेका छन्।

२० जना भन्दा बढीलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेर छोडेको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘पहिलो चरण भएकाले सम्झाएर छोडेका हौँ। दोस्रो पटक पनि गरेको पाइयो भने कारबाही गर्छौँ,‘ उनले भने।

धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने उद्देश्यले आजबाट काठमाडौंका सरकारी अस्पताल क्षेत्रमा पूर्ण रूपमा बिक्री तथा सेवनमा रोक लगाइएको हो।

पहिलो चरणमा सम्झाइबुझाइ गर्ने, दोस्रो पटक पनि सेवन गरे एक सय रुपैयाँ जरीवाना गराउने र त्यसपछि जरीवाना रकम बढ्दै जाने प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पहिलो चरणमा काठमाडौँभित्र रहेका सरकारी, नेपाल प्रहरी, नेपाली सेनाका गरेर ११ वटा सरकारी अस्पतालमा यो नियम लागु गरिएको छ। सरकारी अस्पतालपछि सरकारी र विद्यालय वरपरसमेत नियमन गर्ने प्रहरीको तयारी छ। अस्पताल क्षेत्रमा सर्तजन्य पदार्थ सेवन गरेको नगरेको निगरानी गर्न सिभिल प्रहरी खटाइसकेको डिएसपी बोगटीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell