PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

'नेपालस् प्लस साइज मोडल’को अडिसन सकियो, छानिए २० प्रतियोगी



पहिलोपोस्ट

'नेपालस् प्लस साइज मोडल’को अडिसन सकियो, छानिए २० प्रतियोगी

काठमाडौं: 'नेपाल्स् प्लस साइज मोडल २०१९’का लागि पहिलो चरणको अडिसन सकिएको छ। बढी तौल भएकाहरुको सौन्दर्य प्रतियोगिताका लागि २० जना छानिएका छन्।

उक्त प्रतियोगिता 'मेरो कमजोरी मेरो क्षमता’ भन्ने मुल नारासहित सिद्धि मिडियाले आयोजना गरेको हो। सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मिस चब्बी विजेता लुना गुरुङ, कलाकार प्रिती कार्की, मोडल आयुसा ठाकुर लगायतले पहिलो चरणको अडिसन लिएका थिए।

छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, लिडरसिप, ड्रेस सेन्स, मिडिया काउन्सिल लगायतका प्रशिक्षण दिने आयोजकले बताएको छ।

प्रतियोगिताको शीर्ष बिजेताले ५० हजार नगद रुपैयाँ, फस्ट तथा सेकेन्ड रनर्स अपले क्रमश: ३० र २० हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन् सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell