PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

अप्रत्यासित रुपमा सितलो भयो काठमाडौं, पश्चिमी न्यून चापीय प्रणालीले पार्‍यो असर



रासस

अप्रत्यासित रुपमा सितलो भयो काठमाडौं, पश्चिमी न्यून चापीय प्रणालीले पार्‍यो असर
फाइल फोटो

काठमाडौं : गर्मी बढ्दै जाँदा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियसतिर उक्लिँदै थियो। तर, एकाएक भएको मौसम परिवर्तनले काठमाडौंको तापक्रम ह्वात्तै घट्यो। हिजो साँझदेखि आज मध्य दिनसम्म पनि गर्मी अप्रत्यासित रुपमा नियन्त्रण भएको छ।

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ।

साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो। यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिए।

यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ। पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्काे मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ। यो मौसमी प्रणाली पश्चिमको तुलनामा पूर्वमा बढी प्रभाव देखिने उनले बताए।

महाशाखले तीन दिनको मौसमी अवस्थाका बारेमा जानकारी दिँदै भोलि पनि मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै जेठ १ गते पनि देशभरीको मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell