PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रकृया मिच्दै नेपालबाट डाक्टर र नर्स लैजाने माल्दिभ्सको तयारी, खुलायो भ्याकेन्सी



विधुर ढकाल

प्रकृया मिच्दै नेपालबाट डाक्टर र नर्स लैजाने माल्दिभ्सको तयारी, खुलायो भ्याकेन्सी
आज दी हिमालयन टाइम्समा प्रकाशित भ्याकेन्सी

काठमाडौं : मालदिभ्सको स्वास्थ्य मन्त्रालयले नेपाली चिकित्सिक तथा नर्सहरुसहित १ सय ९६ जना दक्ष नेपाली कामदारहरुको माग गरेको छ। मालदिभ्सको स्वास्थ्य मन्त्रालयलयको मानव संशाधन विभाग अन्तर्गतको फरेन रिक्रुटमेन्ट सेन्टरले प्रक्रिया पूरा नगरी नै दक्ष चिकित्सकहरुसहित नर्सहरुको आवदेन खुला गरेको हो।

यस विषयमा काठमाडौंस्थित माल्दिभ्सका कन्सुलेट कार्यालयले सरोकारवाला मन्त्रालयलाई कुनै जानकारी दिएको छैन। पछिल्लो समय मालदिभ्स नेपाली दक्ष कामदारहरुको लागि आकर्षक गन्तव्यको रुपमा चिनिन थालेको छ। मालदिभ्स नेपाली कामदारहरुको लागि खुला मुलुक भए पनि सिधै प्रक्रिया पूरा नगरी सूचना जारी गरेको हो।

‘त्यसरी सूचना प्रकाशित गरेर कामदार भर्ती गर्न मिल्दैन। त्यहाँको निकायले नेपाली स्थानीय एजेण्टहरुसँग सहकार्य गरी सोही मार्फत कामदार लैजानुपर्छ,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पहिलोपोस्टसँग भने, ‘सिधै त्यहाँको सरकारले नै सूचना जारी गर्न मिल्दैन। के हो हामी त्यहाँको कन्सुलेट कार्यालयसँग बुझ्छौँ।’

मालदिभ्सले जारी गरेको सूचनामा तत्काल आवश्यक परेको भन्दै छिटो मालदिभ्समा पुगेर काम गर्न सक्नेलाई प्राथमिकता दिइने उल्लेख छ। सात दिनभित्र आवेदन दिने म्यादसहित प्रकाशित सूचनामा आवेदकहरुले कन्सुलेट कार्यालयमै आवेदन दिनुपर्ने र कन्सुलेट कार्यालयमै अन्तरर्वाता लिने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell