PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

सम्मान शताब्दी पुरुषको



पहिलोपोस्ट

सम्मान शताब्दी पुरुषको

ललितपुर : वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आज एक शताब्दी पार गरेका छन्। वि सं १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका उनी आज १०० वर्ष भएका हुन् ।

उनको जन्म शताब्दीका अवसरमा आज ललितपुर महानगरमा विशेष कार्यक्रम आयोजना गरियो।

जोशीलाई मंगलबजारबाट रथारोहण गराई टंगल, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोकमा रहेको ललितपुर महानगरपालिका कार्यालयमा पुर्याइ अभिनन्दन गरियो।

रथारोहरणमा सयौं कार्यालय र विद्यालयहरूबाट हजारौं मानिस सहभागी भएका थिए।

महानगर प्राङ्गणमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारको तर्फबाट सम्मान गरेका थिए।

पोखरेलले जोशीको सम्मानमा महानगरले आयोजना गर्ने सबै कार्यहरूमा केन्द्र सरकारको समर्थन रहेको बताए। जोशी नेपाली भाषा, कला र साहित्यमा योगदान पुर्‍याएर देशलाई गौरवान्वित भएको पोखरेलले बताए।

जोशीलाई जीवन्त सम्पदा भन्दै पोखरेलले जोशीकोले देखाएको बाटोबाट देशलाई समृद्ध र बनाउन प्रेरणा मिलेको तर्क गरे।

यस्तै ललितपुर महानगरपालिका र उपत्यका मेयर फोरमका तर्फबाट संयोजक विद्या सुन्दर शाक्यले सम्मान गरेका थिए ‌।

त्यसभन्दा पहिले जोशीलाई बखुम्बहाल स्थित घरमा पुगेर शुभेच्छुकहरुले शुभकामना व्यक्त गरेका थिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell