PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

सिजन अन्त्यको प्रतिक्षामा रियल मड्रिड, २१औँ शताब्दीकै खराब प्रदर्शन



पहिलोपोस्ट

सिजन अन्त्यको प्रतिक्षामा रियल मड्रिड, २१औँ शताब्दीकै खराब प्रदर्शन

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ३-१ ले पराजित भयो।

ला लिगामा रियलको खराब प्रदर्शन जारी रहेको छ। युरोपियन च्याम्पियन्स लिगबाट रियल यसअघि नै बाहिरिसकेको छ।

ला लिगामा रियलको प्रदर्शन २१ शताब्दीकै सबैभन्दा खराब रहेको छ। रियल लिग च्याम्पियन बनिसकेको बार्सिलोना भन्दा १८ अंकले पछाडि छ। यस्तै यस सिजन सबैखाले प्रतियोगितामा रियलले १७ खेल हारिसकेको ५। त्यसमा ११ हार ला लिगामा रहेको छ।

१९९८/९९ को सिजन यता तथ्याङ्कमा रियलको यो खराब प्रदर्शन हो। क्लबलाई तीन पटक च्याम्पियन्स लिग जिताएर छाडेका प्रशिक्षक जिनेदिन जिदानको पुन: आगमनले पनि रियललाई खराब समयबाट जोगाउन सकेन।

मार्च १० यता रियलले कुनै पनि अवे गेम जित्न सकेको छैन। रियलले ला लिगामा ४४ गोल खाएको छ। यदी रियलले ला लिगाको अन्तिम खेलमा रियल बेटिसँग हार बेहवरेले रियलले सबैखाले प्रतियोगितामा गरेर यस सिजन १८ खेल हार्नेछ। यदी त्यसो भएमा यो क्लबको इतिहासमै दोस्रो खराब हुनेछ। सन् १९९४/९५ को सिजनमा पनि रियलको हाल त्यस्तै थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell