PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ठगी गरेको आरोपमा वर्ल्ड लिङ्कका पूर्व कर्मचारी पक्राउ



पहिलोपोस्ट

ठगी गरेको आरोपमा वर्ल्ड लिङ्कका पूर्व कर्मचारी पक्राउ

काठमाडौं : प्रहरीले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कका पूर्व कर्मचारी पक्राउ परेका छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काभ्रेपाल्चोक घर भएका १८ वर्षीय सुशान्त ओझा भन्ने नीरज कुइकेललाई नियन्त्रणमा लिएको हो।

गत माघदेखि कम्पनीको जागिर छोडेका कुइकेलले विभिन्न परिचयपत्र र मोबाइल नम्बरको दुरुपयोग गरेर ठगी गरेको आरोपमा पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। नीरजले विभिन्न सेवाग्रहीको घरमा भएर इन्टरनेट जोड्ने, लाइन काट्ने र नयाँ ग्राहक बनाउने भन्दै रकम ठगी गरेको प्रहरीको दाबी छ।

उनले अहिलेसम्म १५ जना पुराना र नयाँ ग्राहकबाट ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको एसएसपी थापाले जनाकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell