PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रधानमन्त्री कप क्रिकेट एक साता पछि सर्‍यो, खेलहरु टीयू र मुलपानी मैदानमा हुने



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट एक साता पछि सर्‍यो, खेलहरु टीयू र मुलपानी मैदानमा हुने

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ।

यसअघि जेठ १ देखि २४ गतेसम्म हुने भनिएको प्रतियोगिता प्राविधक कारणले जेठ ८ देखि २४ गतेसम्मलाई सारिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्।

टीयू क्रिकेट मैदानमा मात्र हुने भनिएको प्रतियोगिताका खेलहरु अब टीयूसंगै मुलपानी क्रिकेट मैदानमा पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए।

प्रतियवगितामा तीन विभागीय टोली र सात प्रदेश गरी कूल १० टोलीको सहभागिता रहनेछ।

दश टोलीलाई दुई समूहमा विभाजन गरेको लिगका खेलहरु सञ्चालन गरिनेछ। दुवै समूहको लिग खेलपछि अंकतालिकामा शीर्ष दुई स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell